चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौंः मन्त्री यादव


१८ भाद्र २०८१, मंगलवार १६:५५ मा प्रकाशित


काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले । यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने बताउनु भयो ।

उहाँले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने बताउनु भयो । उहाँले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताउनु भयो । मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौंवासीलाई दिने गरेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here