प्रदेश सरकारहरु भंग गरौँः सांसद कार्की


१८ भाद्र २०८१, मंगलवार १५:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताउनुभएको हो । उहाँले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताउनु भयो ।

त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उहाँले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्नु नहुने बताउनु भयो । सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरु हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here