मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस्ः सांसद खतिवडा


१८ भाद्र २०८१, मंगलवार १४:४१ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गर्नुभयो । उहाँले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभयो । सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here