संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्छौंः प्रधानमन्त्री


१८ भाद्र २०८१, मंगलवार १२:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्ने बताउनुभएको छ मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार अन्तर्राष्ट्रिय प्रतिवद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिवद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपालको गरिबी उन्मुलन गर्ने, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने र मुलुकको विकासका काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभुति गर्नेगरी सरकारले काम ग्रिरहेको बताउनु भयो । संविधानका मौलिक हक, मानव अधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई आत्मसात गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको बताउँदै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरी सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नरहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here