देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाऔँः प्रेम सुवाल


१२ भाद्र २०८१, बुधबार १८:२६ मा प्रकाशित

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउन आग्रह गर्नुभएको छ । आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गर्नुभयो । उहाँले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरु उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरुले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here