विद्युत वक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसदले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई


१२ भाद्र २०८१, बुधबार १५:४४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब वक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।


सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका उहाँले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै विपक्ष दलका नेता दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्व वक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन बिरुद्ध भएकाले उहाँलाई संसदले पनि स्पष्टिकरण सोध्नुपर्ने बताउनु भयो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको वक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गर्नुभएको थियो । तर एमाले सचिव भट्टराईले भने सो सम्बन्धमा तत्कालीन प्रधानमन्त्री दाहालले अख्तियारको दुरुपयोग गरेर कानून विपरित वक्यौता रकम छुट सम्बन्धि निर्देशन दिएकाले उहाँले तत्काल संसदमा स्पष्टिकरण दिनुपर्ने तर्क गर्नुभयो ।

सचिव भट्टराईले एमालेले प्राधिकरणको असुल गर्नुपर्ने कुनैपनि वक्यौता रकम छुट दिनुहुन्न भन्ने पक्षमा रहेको पनि दोहो¥याउनु भयो । सचिव भट्टराईले कानून विपरित जाने काम तत्कालीन प्रधानमन्त्री दाहालले गरेकाले आफूहरुले त्यसमाथि स्पष्टिकरण माग गर्नुपरेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here