एन्फा महासचिवको तलब २ हजार अमेरिकी डलर हुने निर्णय


१२ भाद्र २०८१, बुधबार १३:१९ मा प्रकाशित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । 

अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रश्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रश्ताव बहुमतले पारित भएको छ ।

हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँ बाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठक सकिएको छैन । बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए ।

४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।  बैठक मङ्गलवार बिहान पौने ११ बजे शुरु भएको थियो । राती सम्मचलेको बैठक बिहीवार बिहानलाई स्थगित गरेको छ । बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीवार बैठक जारी रहने प्रवता शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here