सय दिन नपुग्दै संसदमा दाहालले सरकारको आलोचना गर्नु गलतः एमाले सांसद पन्त


११ भाद्र २०८१, मंगलवार १६:४८ मा प्रकाशित

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्ष दलको नेता दाहालले सरकारको आलोचना गर्नुभएको थियो । तर सय दिन नपुग्दै संसदबाट सरकारको आलोचना गर्ने काम संसदीय प्रणालीमा नहुने जिकिर गर्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति सांसद पन्तले आपत्ति जनाउनु भयो ।

उहाँले दाहालको प्रतिपक्ष दलको नेता पद पनि सत्तारुढ दलले लैजाओस् भनि दिएको अभिव्यक्तिको पनि प्रतिवाद गर्नुभयो । दुई ठूला दलले सरकार बनाएपछि तेस्रो ठूलो दलले सो पद पाउने संवैधानिक व्यवस्था रहेकाले दाहालले त्यसो भन्न नमिल्ने उहाँको तर्क थियो । सांसद पन्तले संविधान पढ्न र संविधानले गरेको व्यवस्था अनुसार प्रतिपक्ष दलको नेताको पद स्वीकार गर्न आग्रह गर्दै लिन नचाहे पार्टीका उपमहासचिव जनार्दन शर्मालाई दलको नेता बनाइ पद दिन आग्रह गर्नुभयो ।

 सांसद पन्तले अध्यक्ष दाहाल सत्ता जता गयो, त्यतै जाने गरेकाले मुलुकमा राजनीतिक अस्थिरता आएको पनि बताउनु भयो । उहाँले सत्तामा नरहेको छटपटी संसदमा अभिव्यक्त गर्ने काम पनि अध्यक्ष दाहालले गर्न नमिल्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here