पुँजी र प्रविधिको धेरै ठूलो आवश्यकता जलविद्युतमा छः सांसद कार्की


११ भाद्र २०८१, मंगलवार १५:२० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसि परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एमसिसि परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउनसके विद्युत विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुने उल्लेख गर्नुभयो । उहाँले विद्युत खपत व्यक्तिगत हिसावले तीन दोब्बर भएको र यो सकारात्मक रहेको बताउनु भयो । उहाँले सरकारले विद्युत उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उहाँले पुँजी र प्रविधिको धेरै ठूलो आवश्यकता जलविद्युतमा रहेको बताउनु भयो । सांसद कार्कीले पुँजी र प्रविधि धेरै भित्र्याउने कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here