सरकार माफियाहरुको सेवामा अग्रसर छः पुष्पकमल दाहाल


११ भाद्र २०८१, मंगलवार १५:०६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाउनुभएको छ ।


करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पु¥याएको अध्यक्ष दाहालको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भिर आरोप समेत लगाउनु भयो ।

सरकार जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको पनि अध्यक्ष दाहालको जिकिर थियो । अध्यक्ष दाहालले साना दलहरुलाई सिध्याउने कोशिस गरिरहेको आरोप पनि लगाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here