चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छः मन्त्री अधिकारी


११ भाद्र २०८१, मंगलवार १३:०२ मा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा ‘नेपाली चियाका चुनौति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठूलो उत्पादक भएकाले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताउनु भयो । उहाँले उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया विक्री गर्न चिया उद्योगी बाध्य हुने गुनासो आएको बताउनु भयो ।

नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाउनुभ भयो । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैतव तयार रहेको बताउनु भयो । मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभइ सम्पदा भएकाले सबैले माया र प्रवद्र्धन गर्न सक्नुपर्ने बताउनु भयो । चिया नीति २०५७ को समय सापेक्ष संशोधन गर्दै चियाको ब्राण्डिङ र प्रमोसनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here