राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु


११ भाद्र २०८१, मंगलवार ११:२४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि शुरु भएको हो ।

बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here