सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक


१० भाद्र २०८१, सोमबार १५:२५ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने  र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकको भनाई थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताउनु भयो ।

गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताउनु भयो । त्यस अवसरमा गृहमन्त्री लेखकले जनताको सेवा प्रदानमा कुनै पनि कमी,कमजोरी नहुनेगरी काम गर्न पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी काम, कारबाहीबारे जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here