स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्ः स्वास्थ्यमन्त्री पौडेल


१० भाद्र २०८१, सोमबार १४:०४ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनु भयो । उहाँले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताउनु भयो ।

उहाँले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको पनि बताउनु भयो । स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोशिस गरिरहेको बताउनु भयो ।

उहाँले तीन सय शैय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here