दुग्ध र उखु किसानलाई दशैँअघि भुक्तानी दिन्छौंः कृषिमन्त्री अधिकारी


९ भाद्र २०८१, आईतवार १७:२८ मा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानि दिने बताउनुभएको छ । आईतवार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताउनुभएको हो ।

उहाँले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई  ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताउनु भयो । मन्त्री अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताउनु भयो । उहाँले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताउनु भयो ।

उहाँले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताउनु भयो । उहाँले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताउनु भयो । उहाँले सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्युनिकरण गर्ने बताउनु भयो । उहाँले तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले कृषि मन्त्रालयको जिम्मा लिएपछि गलत गर्ने छुट नभएको भन्दै कृषि क्षेत्र सुधार गरेर देखाउने बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयगत रुपमा समन्वय गरी कृषि क्षेत्रमा देखिएका समस्या मसाधान गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here