हिजबुल्लाहद्वारा इजरायलमा ठूलो मात्रामा रकेट आक्रमण


९ भाद्र २०८१, आईतवार १६:०३ मा प्रकाशित

हिजबुल्लाहले आईतवार बिहान इजरायलविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । हिजबुल्लाहले बेरुतमा आफ्ना एक वरिष्ठ कमाण्डरको हत्याको बदलास्वरूप आक्रमण भएको बताएको छ । आक्रमणले उत्तरी इजरायलमा हवाई आक्रमणको साइरन बजाएको थियो ।

यसअघि आईतवार इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले इजरायलले लेबनानमा हवाई आक्रमणको एक श्रृंखला शुरु गरेको बताउनुभएको थियो । इजरायली हवाई हमलाले लेबनानी हिजबुल्लाह समूहको कब्जामा रहेको स्थानलाई लक्षित गरी पूर्व–एम्प्टिभ कदम चालेको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here