काँग्रेस केन्द्रीय समिति बैठकः चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो


८ भाद्र २०८१, शनिबार १०:१३ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ दल नपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीहरुको सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको विषयहरुमा छलफल जारी रहेको बताउनु भयो ।

उहाँले समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरुले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने कुराहरुमा जोड दिइएको बताउनु भयो ।

उहाँले गठबन्धनलाई सफल बनाउने, नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषयमा सदस्यहरु मत जाहेर गरेको बताउनु भयो । उहाँले पार्टीबाट पदाधिकारी, संसद, प्रधानमन्त्री कति पटक हुने भन्नेकुरा समय सान्दर्भिक नरहेको मत बढी आएको बताउनु भयो ।

त्यस्तै चुनावअघिको गठबन्धनको बारेमा पनि निर्वाचनताकाको आवश्यकताअनुसार सिद्धान्तमा रहेर गर्ने/नगर्ने कुराहरु टुंगो लगाउनुपर्ने आवाज सदस्यहरुको रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here