मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैनः अध्यक्ष राउत


७ भाद्र २०८१, शुक्रबार १८:१६ मा प्रकाशित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताउनु भयो । उहाँले मधेसीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताउनु भयो ।

उहाँले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताउनु भयो । अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here