बीएण्डसी अस्पतालका संस्थापक महेन्द्र प्रसाईंद्वारा आत्महत्या


७ भाद्र २०८१, शुक्रबार १४:५७ मा प्रकाशित

झापा । बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका संस्थापक तथा नाताले दुर्गा प्रसाईका दाजु पर्ने महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।

अर्जुनधारा ६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर आज बिहान आत्महत्या गरेका हुन् ।

करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् ।

उनको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ ।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी अस्पताल सञ्चालक रहेका थिए । केही बर्षदेखि मृतक प्रसाईं अस्पताल सञ्चालकबाट बाहिरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here