तनहुँको आँबुखैरेनीमा भारतीय बस दुर्घटना, १४ जनाको शव निकालियो


७ भाद्र २०८१, शुक्रबार १३:०४ मा प्रकाशित

झापा । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। घटनास्थलबाट १४ जनाको शव निकालिएको तनहुँ प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भएको थियो।

तनहुँ प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर आँबुखैरेनीनजिकै ऐना पहराबाट बस नदी किनारमा खसेको हो। बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।

गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा दर्जनौं मानिसको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here