रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल


७ भाद्र २०८१, शुक्रबार ११:४२ मा प्रकाशित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्।

पार्टीले भदौ ५ गते सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका हुन्। उनले रास्वपालाई ठग, भ्रष्ट र राहदानी दुरुपयोग गर्ने अपराधीको कब्जाबाट मुक्त गर्ने बताएका छन्। ढकालले आफूलाई गलत सावित गर्नसमेत सभापति लामिछानेलाई चेतावनी दिएका छन्। राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने उनको भनाइ छ।

उनले फेसबुकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सार्वजनिक गर्दै लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्।

तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here