बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले कूटनीतिक प्रयास गरिरहेको छ: प्रधानमन्त्री ओली


६ भाद्र २०८१, बिहीबार १६:५३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताएका छन् । बिहीबार रोस्टममा उभिएर प्रधानमन्त्री ओलीले बंगलादेशमा भर्खरै अन्तरिम सरकार बनेको र सम्झौता अनुरूप विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताएका हुन् । 

उनले नेपाल र बंगलादेशबिचको ऊर्जा निर्यातमा सरकारको उच्च प्राथमिकतामा रहेको बताए । बंगलादेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम पश्चात् नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्न परराष्ट्र र ऊर्जा मन्त्रालयबाट उपयुक्त सम्झौता सम्पन्न गर्न पहल भइरहेको सरकारले जानकारी दिएको छ । 

प्रतिनिधि सभा बैठकमा सांसद एनपी साउदले बंगलादेशमा उत्पन्न परिस्थिति पश्चात् विद्युत् निर्यातका लागि सरकारले कस्तो कूटनीतिक प्रयास गरिरहेको छ भनेर प्रश्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here