घरमा अवैध रुपमा हतियार लुकाएर राख्ने एक व्यक्ति झापाको अर्जुनधारामा पक्राउ


५ भाद्र २०८१, बुधबार ०७:०९ मा प्रकाशित

झापा । घरमा अवैध रुपमा हतियार लुकाएर राख्ने एक व्यक्ति झापाको अर्जुनधारामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.४ दहिझोडा बस्ने बर्ष अन्दाजी ६२ का इन्द्रबहादुर आङ्देम्बे रहेका छन्।

घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति ८ बजे उनको घरको खानतलासी लिएको थियो।

त्यसक्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानोभित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो।

पेस्तोलसहित उनलाई नियन्त्रणमा लिइ इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here