शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोईराला


४ भाद्र २०८१, मंगलवार १७:१० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here