खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी


४ भाद्र २०८१, मंगलवार ११:३७ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताउनु भयो ।

उहाँले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताउनु भयो । उहाँले क्रिकेट नेपालका पहिचान भएको बताउनु भयो । उहाँले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताउनु भयो । उहाँले खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गर्नुभयो ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताउनु भयो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको बताउनु भयो ।

उहाँले नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताउनु भयो । नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको बताउनु भयो । खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने बताउनु भयो । 


सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो । नेपाल प्रिमियर लिगले अझ माथि पु¥याउने बताउनु भयो । एनपीएल आगामी मंसिर १५ गतेदेखि हुन लागेको क्यानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here