झापा । झापाको मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय धन कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ५ बजेको समयमा आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा अचानक करेन्ट लागेको हो । घाईते राईलाई उपचारको लागि बिर्ताकोडको मनमोहन अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।





