बैंकिङ कसुर तथा सजाय विधेयकलाई पुनर्लेखन गरी बैंक र ऋणीलाई हेर्ने कानून फरक बनाउनु पर्छः गभर्नर अधिकारी


३२ श्रावण २०८१, शुक्रबार १६:१८ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानून फरक हुनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथी छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धि कानून फरक–फरक बनाउनुपर्नेमा बताउनु भयो । गभर्नर अधिकारीले बैंकरले व्यवसाय चल्छ कि चल्दैन भनेर ऋण दिने निर्णय गर्दा बैंकको पैसा ऋणीले लैजाँदा पनि ऋणी र बैंकरलाई एकै ठाउँमा राखेर हेरिएको बताउनु भयो । उहाँले अहिले धेरै बैंकरहरु ऋणीसँगै जेल जानुपर्ने स्थिति आएको बताउनु भयो ।

गभर्नर अधिकारीले कानून कार्यान्वयनको क्रममा आफूले सो विषय बोल्न नमिल्ने भएपनि कानून निर्माणको क्रममा भन्न पाउनुपर्ने बताउनु भयो । उहाँले ऋणी र बैंकरलाई छुट्याउने कानून बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकरमाथी ऋणीले ऋण लिने समयमा मिलेमतोमा लिएको भने मात्रै बैंकरलाई पनि अनुसन्धान गर्नुपर्ने व्यवस्था राख्न आग्रह गर्नुभयो । गभर्नर अधिकारीका अनुसार अहिले बैंकहरुमा कर्मचारीहरुले खल्तिबाट कलम ननिकाल्ने स्थिति रहेको बताउनु भयो ।

उहाँले ऋण दिएर किन आफूलाई जोखिममा पार्नु  भन्दै काम गर्न बैंकरहरु डराइरहेको बताउनु भयो । बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने धारणा गभर्नरको छ । उहाँले बैंक तथा वित्तीय संस्था बिरुद्ध गतिविधि गर्नेलाई पनि बैंकिङ कसुर अनुसार कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले वित्तीय स्थायित्व बिरुद्ध अघि बढ्ने जो कोही कारबाहीको भागिदार हुनुपर्ने बताउनु भयो । उहाँले पैसा नतिरौं भन्ने अभियानले अहिलेसम्म पनि असर पारिरहेको भन्दै यस्ता गतिविधिलाई रोक्न कानून बनाउने अवसर समेत भएको बताउनु भयो ।  


उहाँले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०लाई पुनर्लेखन गर्नुपर्ने बताउनु भयो । उहाँले वित्तीय स्थायित्व विरुद्ध सामाजिक सञ्जाल र संगठित रुपमा भइरहेका गतिविधिलाई कारबाही गर्ने व्यवस्था आवश्यक रहेको भन्दै विधेयक पुनर्लेखन गर्न सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here