सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुस्ः मन्त्री गुरुङ


३२ श्रावण २०८१, शुक्रबार १४:१४ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताउनु भाये । सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताउनु भयो ।

उहाँले  जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताउनु भयो । उहाँले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको सरकारको भएको बताउनु भयो ।

मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गरी उनीहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताउनु भयो । सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताउनु भयो ।

नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताउनु भयो । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीहरुको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेहरुलाई प्रेरित गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here