खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो


२९ श्रावण २०८१, मंगलवार १५:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गर्नुभएको छ ।


मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको बताउनु भयो । उहाँले आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षण समेत गराउनु भयो । 

उहाँले मन्त्रालयका सचिवले नै नियतवश अपमानजनक व्यवहारले दुःखी तुल्याएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here