एथेन्सको जंगलमा भीषण आगलागीः एक लाख एकड जलायो


२९ श्रावण २०८१, मंगलवार ११:३५ मा प्रकाशित

आईतवारदेखि लगातार लागेको डढेलोका कारण एथेन्सको उत्तरपूर्वी जंगलको एक लाख एकड जलेर नष्ट रहेको छ । द्रुत गतिमा चलिरहेको जंगलको आगोले राजधानीलाई खतरामा पारेको छ ।

७ सय भन्दा बढी अग्निनियन्त्रक, सैनिक कर्मचारी, स्वयंसेवक, ३५ वटा पानी छोड्ने विमान र हेलिकप्टर सहितको ठूलो मात्रामा आगो निभाउने प्रयासका बाबजुद भीषण हावा र सुख्खा अवस्थाका कारण आगो तिब्र गतिमा फैलिएको बताइएको छ । एथेन्सको डाउनटाउनबाट करिव ४० किलोमिटर उत्तरपूर्वमा रहेको म्याराथन दौडको जन्मस्थल म्याराथनको ऐतिहासिक शहर नजिकै आईतवार दिउँसो जंगलमा आगलागी भएको थियो ।

एथेन्सको राष्ट्रिय अब्जर्भेटरीको प्रारम्भिक अनुमानका अनुसार सोमवार साँझसम्म आगो राजधानीको उपनगरहरूमा पुगेको छ । लगभग एक लाख एकड जङ्गल जमिन र खेतबारीलाई जलाएको छ । 


तीन अग्निनियन्त्रकसहित कुल ३५ जना सामान्य घाइते भएका छन् । धेरैजसो धुवाँको कारण श्वासप्रश्वासमा समस्या भएका थिए । यसैबीच कम्तिमा ३० वटा आपतकालीन अलर्टसहित बस्तीहरू खाली गर्न जारी गरिएको छ । 
सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here