इजिप्ट राष्ट्रपतिद्वारा पेरिस २०२४ ओलम्पिकमा पदक जित्ने खेलाडीको प्रशंसा


२८ श्रावण २०८१, सोमबार १३:४२ मा प्रकाशित

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले पेरिस २०२४ ओलम्पिक खेलकुदमा आधुनिक पेन्टाथलनमा स्वर्ण, भारोत्तोलनमा रजत र फेन्सिङमा कास्य जित्ने तीन इजिप्टका पदक विजेताहरूलाई आइतबार बधाई दिनुभएको छ ।

सिसीले तीन ओलम्पिक पदक विजेतालाई सम्बोधन गर्दै इजिप्टको नाम ठूलो उचाईमा पु¥याएकोमा खुशी व्यक्त गर्नुभयो । इजिप्टका आधुनिक पेन्टाथलीट अहमद एल्गेन्डी, २४, पेरिस २०२४ मा स्वर्ण पदक जित्नुभयो । उहाँले टोकियो २०२० मा रजत जित्नुभएको थियो ।

रियो २०१६ ओलम्पिकमा महिला ६९ केजी तौल समूहमा कास्य पदक जित्नुभएकी २६ वर्षीया महिला भारोत्तोलक सारा अहमद रजत पदक प्राप्त गर्नुभयो । यसैबीच, २१ वर्षीय फेन्सर मोहम्मद एल्सायदले आफ्नो देशलाई पेरिस २०२४ को पुरुष फेन्सिङमा कास्य पदक दिलाउनुभएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here