देश र नागरिकको विकास पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली


२४ श्रावण २०८१, बिहीबार १८:४२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताउनु भयो । उहाँले शुरु भएका परियोजनाहरु टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि बताउनु भयो ।

बिहीवार प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here