उत्तरी सिरियामा बम विस्फोटः १० जनाको मृत्यु, १३ घाइते


२४ श्रावण २०८१, बिहीबार ११:३१ मा प्रकाशित

उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार मृतकमध्ये कम्तीमा चार जना टर्की समर्थित सिरियन नेशनल आर्मीका सदस्य रहेको बताइएको छ । कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले विस्फोटपछि विस्फोट स्थलमा बम आक्रमण गरेको थियो ।

बम विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । सिरियाको अलेप्पो प्रान्तमा अवस्थित अजाज सिरियाली सरकार विरुद्ध विद्रोहीको नियन्त्रणमा छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here