सरकारद्वारा हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन


२३ श्रावण २०८१, बुधबार १९:३९ मा प्रकाशित

काठमाडौँ । आज भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । 

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ ।

दुर्घटना  छानबिन समितिको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here