ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइन्


२३ श्रावण २०८१, बुधबार ११:२० मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति एवं राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाउनुभएको छ । ह्यारिसले राष्ट्रपति उम्मेदवारका लागि पार्टीबाट पर्याप्त डेलिगेट भोट जितिसक्नुभएको छ ।

एक गभर्नर, एक प्रशिक्षक, एक शिक्षक र एक अनुभवीको रूपमा वाल्जले धेरै काम गरिसकेको र आफूलाई पनि हसज हुने ह्वारिसको विश्वास छ । ६० वर्षीय वाल्जले सदन प्रतिनिधिको रुपमा सेवा गरिसक्नुभएको छ । उहाँ सन् २०१८ मा मिनेसोटाको गभर्नर र २०२२ मा पुनः निर्वाचित हुनुभएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here