युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयोः खेलकुदमन्त्री चौधरी


२२ श्रावण २०८१, मंगलवार ११:३९ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ । मंगलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो ।

उहाँले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो । मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here