हमास नेताको हत्याको निर्णायक जवाफ दिने इरानको चेतावनी


२२ श्रावण २०८१, मंगलवार ११:३१ मा प्रकाशित

इरानले सोमवार तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्यामा संलग्न आक्रमणकारी विरुद्ध निर्णायक कारबाही गर्ने चेतावनी दिएको छ । इजरायलले कायरपूर्ण आक्रमण गरेको आरोप लगाउँदै इरानले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहणका लागि इरानमा रहेका हानियाहको हत्या अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताउनु भयो । इरानले आफ्नो अन्तर्निहित अधिकार र अन्तर्राष्ट्रिय कानून सिद्धान्तहरूमा आधारित आक्रमणकारीलाई सजाय दिन शक्ति र निर्णायकतासँग गम्भीर र प्रतिरोधात्मक कदम चाल्ने बताएको छ । हत्याले यस क्षेत्रमा तनाव बढाएको छ ।

इरानले आफूले द्वन्द्व नचाहेको जिद्दी गरे पनि आफ्नो क्षेत्र वा नागरिकमाथि हुने आक्रमणलाई नसहने स्पष्ट पारेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here