कर्णाली विकट होइन, विराट छः उपसभापति खड्का


२१ श्रावण २०८१, सोमबार १७:१९ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको बताउनु भयो । उहाँले कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताउनु भयो । उहाँले कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताउनु भयो । उहाँले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पु¥याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो । अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताउनु भयो । उहाँले धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताउनु भयो ।

कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने बताउनु भयो । उहाँले कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको बताउनु भयो ।  कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here