काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँः महामन्त्री थापा


२० श्रावण २०८१, आईतवार १७:५९ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनुभएको छ । आईतवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पु¥याउने बताउनु भयो । उहाँले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने पनि बताउनु भयो । उहाँले पार्टीभित्रको सुद्धिकरणको विषयलाई पनि आफुहरुले गम्भीरतापूर्वक लिएको बताउनु भयो । 

उहाँले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भुमिका खेल्नुहुने अग्रजहरुलाई सम्मान गर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here