प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छः महामन्त्री शर्मा


२० श्रावण २०८१, आईतवार १७:०५ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताउनु भयो । उहाँले इतिहासमा बोली नभइ कर्म बिक्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उहाँको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गर्नुभयो ।

उहाँले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले भ्रष्टचारका सम्बन्धमा रहेका मुद्दाहरुमा निष्पक्ष छानबिन गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here