एमाले नेता, कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशनः निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू


२० श्रावण २०८१, आईतवार १६:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम र्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आईतवार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभएको हो ।

गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताहरुले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो । प्रधानमन्त्री ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी  र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताउनु भयो ।

उहाँले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेकाहरुलाई पार्टीमा इमान्दारिताका साथ काम गर्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here