क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले गरे क्यानका पदाधिकारीसँग छलफल


२० श्रावण २०८१, आईतवार १३:५३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बनेपछि पदभार सम्हाल्ने क्रममा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने निर्णय गरेका केपी शर्मा ओलीले क्यानका पदाधिकारी र खेलाडीहरूसँग छलफल गरेका छन्। 

क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयसँग छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन्।  यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु, ओलीले भनेका छन्।

यसअघि शनिबार पनि उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतसँग छलफल गरेका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here