बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण


१८ श्रावण २०८१, शुक्रबार १४:०५ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गर्नु भएको छ ।

गत श्रावण १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका प्रदेश प्रमुख देवकोटाे आज प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गर्नुभएको हो ।

प्रदेश प्रमुखको स्वागतमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा तामङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सरकारका सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।देवकोटा बागमतीका चौंथो प्रदेश प्रमुख हुनुहुन्छ ।

आजै निवर्तमान प्रदेश प्रमुख यादव चन्द्र शर्माको बिदाई गरिएको छ । नवनियुक्त्त प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर बिदाई गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here