संयुक्त राष्ट्र प्रमुखद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह


१८ श्रावण २०८१, शुक्रबार ११:५४ मा प्रकाशित

संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गर्नुभएको छ । दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताउनु भयो । उहाँले गाजामा युद्धविराम, सबै इजरायली बन्धकहरूको रिहाई गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले गाजामा प्यालेस्टाइनीहरूको लागि सहायता र लेबनानमा शान्ति स्थायित्वका लागि पनि प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले युद्धका कुनैपनि कार्यलाई रोक्न सबैले प्रयास गर्नुपर्ने बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here