उद्योगतिर बत्ती काटे जस्तै सडक बत्तीको लाइन काटे लडाईं हुन्छः मेयर महर्जन


१७ श्रावण २०८१, बिहीबार १४:२० मा प्रकाशित

काठमाडौं । ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।


बिहीवार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उहाँले यस्तो आशंका गर्नुभएको हो । उहाँले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीय स्थल लगायतका सार्वजनिक स्थलहरुमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सिसिटिभि व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताउनु भयो ।

काठमाडौं उपत्यका भित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरुमा जडान भएका सडक बत्तीहरुको बिल समेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरुमा जडित सडक बत्तीहरुको महशुलको विषय केन्द्रिय सरकार र प्रदेश सरकारकै दायित्व भित्र पर्ने बताउनु भयो ।

उहाँले आ.व.२०८०/८१ सम्मको बिल भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थ मन्त्री वर्षमान पुनवाट प्रतिवद्धता व्यक्त भएको अवगत गराउँदै आ.व.२०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्वन गरिएको मोडल (स्थानीय तहवाट ६०% र नेपाल विद्युत प्राधिकरणवाट ४०%) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महशुल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तर प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुमा झैँ विद्युत काटिदिनसक्ने भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो । उहाँले विद्युत काटिएको खण्डमा आन्दोलन शुरु हुने बताउनु भयो । मेयर महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here