म्यानमारमा बाढीले २ लाख ९ हजार भन्दा बढी मानिस विस्थापित


१७ श्रावण २०८१, बिहीबार ११:२९ मा प्रकाशित

म्यानमारका ५० हजार भन्दा बढी घरपरिवारका २ लाख ९ हजार भन्दा बढी मानिसहरू बिस्थापित भएको छन् । यस वर्षको जुनको अन्त्यदेखि देशमा आएको बाढीका कारण विस्थापित सो संख्या बिस्थापित भएको हो ।

म्यानमारले मुख्यतया भारी वर्षा र बढ्दो नदीको सतहका कारण यसका १० क्षेत्र र राज्यहरूमा बाढीको जोखिममा राखेको छ । यी क्षेत्र र प्रदेशका बाढीपीडितका लागि जम्मा ६५६ राहत केन्द्रहरू खोलिएको छ । उनीहरूका लागि खाना, पिउने पानी र राहत सामग्रीको समेत व्यवस्था गरिएको छ ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार केइन राज्यका केही शहर, अय्यारवाडी र बागो क्षेत्रका प्रमुख नदीहरूको पानीको स्तर चेतावनी स्तरभन्दा माथि रहेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here