काठमाडौंमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त


१६ श्रावण २०८१, बुधबार १२:२७ मा प्रकाशित

काठमाडौं । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरु लेदो पानीले भरिएको देख्न सकिन्छ ।

काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरुमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् । कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् ।

नदी छेउका नागरिकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन । न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here