जनताको आह्वानबाट बनेको यो पहिलो सरकार होः सांसद ढकाल


१३ श्रावण २०८१, आईतवार १६:४१ मा प्रकाशित

काठमाडौं । नेकपा(एमाले) का सांसद सूर्यप्रसाद ढकालले वर्तमान सरकार नेपाली जनताको अपिलअनुसार बनेको बताउनुभएको छ । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै आईतवार सांसद ढकालले नेपाली जनताले दुई ठूला पार्टीहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई मिलेर सरकार बनाउन अपिल गरेका बताउनुभएको हो ।

उहाँले दुई ठूला पार्टीको सरकार बन्दा सरकारलाई साथ, सहयोग गर्न जनता तयार रहेका बताउनु भयो । उहाँले वर्तमान सरकारले जनताका मुद्दाहरुलाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले सरकारले काठमाडौंको जाम कम गर्न भुमिका खेल्नुपर्ने बताउनु भयो ।

त्यस्तै तत्कालै भूमि आयोग गठन गरेर भूमिहिनहरुलाई लालपूर्जा दिनुपर्ने र २१ लाख युवाहरुलाई ड्राइभिङ लाइसेन्स दिनुपर्ने अहिलेको अवस्था रहेको भन्दै सबैलाई लाइसेन्स दिनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार नेपाली जनताको माग र राष्ट्रिय आवश्यकताको जगमा बनेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here