प्रतिनिधि सभा शुन्य समयः समसामयिक विषयमा सरकारलाई सांसदहरुको ध्यानाकर्षण


१३ श्रावण २०८१, आईतवार १६:०२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले विभिन्न विषयहरुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सडक दुर्घटना र हवाई दुर्घटनामा निधन हुनेहरुप्रति सरकारले विभेद गरेको बताउनु भयो । उहाँले सिमलतालमा बस दुर्घटना हुँदा मन्त्रिपरिषद्बाट शोक प्रश्ताव पारित नगरिएको तर हवाई दुर्घटना हुँदा शोक प्रश्ताव पारित गरी राष्ट्रिय झण्डा झुकाइएको भन्दै यसप्रति सरकारसँग जवाफ माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले देशमा नीति, ऐन, कानूनहरु धेरै भएपनि कार्यान्वयनमा कमी भएको बताउनु भयो ।

उहाँले राज्यको तल्लो निकायदेखि माथिल्लो निकायसम्म जहाँ जाँदापनि ऐन, कानून बाँझिएको कुरा आउने भन्दै यसले नागरिकहरु समस्यामा परेका बताउनु भयो । प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले नेपालीलाई भुटानी शरणार्थीलाई मन्त्री बनाइएको बताउनु भयो । त्यस्तै स्काउटको जग्गा हडप्ने र लुम्बिनी प्रदेशमा हत्या आरोपीलाई मन्त्री बनाइएको भन्दै सरकार कुशासनको जगमा उभिएको बताउनु भयो । 

प्रतिनिधि सभा सदस्य कालुराम राईले सडकपेटी खुला राख्नु अपाङ्गता भएका व्यक्तिहरुको ज्यान जाने धराप थाप्नु भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडकपेटीहरुमा रेलिङ बनाउने, ¥याम्प राख्ने तथा गाइडिङ ब्लक राखी अपाङ्गता पहुँचयुक्त सडक बनाउन माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा भोटेले मौद्रिक नीति कर्णालीका जनताका लागि विभेदकारी भएको बताउनु भयो ।

उहाँले कर्णालीका जनतालाई धितोपत्र परियोजनामा आधारित कम्तिमा २५ लाख रुपैयाँ ऋण दिने व्यवस्था तत्काल गर्न माग गर्नुभयो । प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो क्षेत्र तथा जिल्लाहरुमा प्राकृतिक प्रकोपका कारण घटनाहरु घटिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here