लिबियाले ७ सय भन्दा बढी आप्रवासीहरूलाई नाइजर र इजिप्ट पठायो


१३ श्रावण २०८१, आईतवार ११:४१ मा प्रकाशित

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई नाइजर र इजिप्ट फिर्ता पठाएको छ । उनीहरूलाई आफ्नै देशमा निर्वासित गरेको हो । आप्रवासीहरूको संख्या ७ सयदेखि ७५० को बीचमा रहेको विभागका सुरक्षा मामिला अधिकारी मोहम्मद ब्रेडाले बताउनु भयो ।

२०११ मा नेता मुअम्मर गद्दाफीको निधनपछि लिबियामा आगामी असुरक्षा र अराजकताले धेरै आप्रवासीहरूलाई उत्प्रेरित गरेको छ । लिबियाका आन्तरिकमन्त्री इमाद अल–ताराबेल्सीले जुलाईको शुरुमा लिबियामा हाल विदेशी नागरिकहरूको संख्या लगभग २.५ मिलियन छ । जसमध्ये अधिकांशले प्रवेश भिसा बिना लिबियाको सीमाना पार गरेका थिए । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here